Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सिमकार्ड हराएमा वा बिग्रिएमा आफैँ उपस्थित भएर लिन टेलिकमको आग्रह

    सिमकार्ड हराएमा वा बिग्रिएमा आफैँ उपस्थित भएर लिन टेलिकमको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 657
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले आफ्नै नाममा दर्ता भएका मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा आफू स्वयम् उपस्थित भइ सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ ।

    प्रयोगकर्ता ग्राहक स्वयंका नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्याङ्क, बैंकिङ्ग कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्री असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम बढ्दै गएको भन्दै टेलिकमले यस्तो अनुरोध गरेको हो ।



    त्यस्तो अवस्थामा प्रयोगकर्ताको मोबाइल बैंकिङ्गको दुरुपयोग भइ नगद गुमाउनुपर्ने, सामाजकि सञ्जालको अनधिकृत प्रयोग भइ सुरक्षाको जोखिमलगायत अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहने टेलिकमको भनाइ छ ।



    त्यसका साथै मोबाइल नम्बरका माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्याङ्कदेखि कागजात, बचत तथा अन्य मूल्यवान् र दैनिक प्रयोगमा रहने सामग्री र सूचनामा पहुँच पुर्याउनसक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा पनि स्थापति हुन गएको टेलिकमको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार