Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डद्धारा गृहमन्त्री लामिछाने र राप्रपा अध्यक्ष लिङदेनसँग छलफल

    प्रधानमन्त्री प्रचण्डद्धारा गृहमन्त्री लामिछाने र राप्रपा अध्यक्ष लिङदेनसँग छलफल

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 783
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रवि लामिछाने तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग छलफल गरेका छन्।

    प्रधानमन्त्री प्रचण्डले बुधबार दुई सत्ता साझेदार दलका अध्यक्षसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लामिछाने र राप्रपा अध्यक्ष लिङदेन बालुवाटार पुगेका थिए।



    पुस २६ गते विश्वासको मत लिने तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँगको छलफललाई तीव्रता दिइ रहेका छन्।



    प्रधानमन्त्री प्रचण्डले उनीहरूसँग मन्त्रिमण्डल विस्तार, सरकारले ल्याउने तयारी गरेको साझा कार्यक्रमलगायतका समसामयिक विषयमा छलफल गरेका थिए।

    यसअघि प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए।

    सिंहदरवारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार