Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजारमा उछाल, ६४ अंकले बढ्दा साढे ३ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा उल्लेख्य बढेको छ।

बुधबारको कारोबारमा बजार ६४.८७ अंकले बढेको हो । साताको सुरुवाती दुई दिन बढेको बजार मंगलबार सामान्य करेक्सन भएको थियो।

सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा आज उत्पादन, माइक्रोफाइनान्स, बीमा र विकास बैंकको शेयर उच्च अङ्कले बढेको छ ।

बुधबार २५८ धितोपत्रको ५७ हजार ३१२ वटा कारोबारबाट ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, हिमालयन डिस्ट्रिलरी, कालिका लघुवित्त, मिरमिरे लघुवित्त, किसान लघुवित्त, नदिप लघुवित्त, पिपुल्स पावर लिमिटेड, खप्तड लघुवित्त र कालिका पावर कम्पनीको सेयर मूल्यले सर्किट लेभलमा कारोबार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077