Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • लुम्बिनी प्रदेश सभामा स्वतन्त्रबाट विजयी दीपेन्द्र माओवादीमै फर्किए

    लुम्बिनी प्रदेश सभामा स्वतन्त्रबाट विजयी दीपेन्द्र माओवादीमै फर्किए

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 555
    SHARES

    काठमाडौं । तत्कालीन पाँचदलीय गठबन्धनमा कांग्रेसका उम्मेदवारविरुद्ध बागी उठेर जितेका प्रदेशसभा सदस्य दीपेन्द्र पुन ‘सिजल’ माओवादी केन्द्रमै फर्किएका छन् ।

    सिजल रोल्पा क्षेत्र नम्बर १ २ बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । दीपेन्द्र साढे ५ हजार भन्दा बढी मत अन्तरले विजयी पनि बने ।



    दीपेन्द्रले १४ हजार ९२७ र अमरसिंहले १० हजार ४०६ मत पाएका थिए । अहिले दीपेन्द्रले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आत्मालोचना पत्र लेख्दै पार्टीमै फर्किन चाहेको बताएका छन् ।



    उनलाई प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाइदिएर स्वागत गरिसकेका छन् । दीपेन्द्र माओवादी केन्द्रको पोलिटव्युरो सदस्य एवम् रोल्पा जिल्ला इञ्चार्जको जिम्मेवारीमा थिए । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादीले पार्टीका सबै जिम्मेवारीबाट निस्कासन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार