काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने भएको छ ।
पार्टी संसदीय विभागको आयोजनामा पुस २३ र २४ गते सांसदहरुलाई संसदीय अभ्यासबारे २ दिने प्रशिक्षण कार्यक्रम राखिएको हो ।
प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङसहित संसदीय राजनीतिका जानकारहरुले प्रशिक्षण दिने छन् ।
सचिवालय र संसदीय दलबीचको सम्बन्धका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।