Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्रीको निर्देशनपछि म्याच फिक्सिङबारे सीआईबीले थाल्यो छानबिन, २ जना पक्राउ

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाल टी-२० लिगबारे अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी लिगमा देखिएको विवादबारे गृहमन्त्री लामिछानेले चासो देखाएका हुन् ।

प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्न गृहमन्त्री लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछाने आफैंले प्रतियोगिताबारे सार्वजनिक भइरहेका तथ्यहरुमा चासो राख्दै मंगलबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अनुसन्धानका लागि निर्देशन दिएको छ ।

मन्त्रालयको निर्देशनअनुसार सीआईबीले मंगलबारदेखि नै अनुसन्धान थालेको स्रोतले बतायो । मंगलबार म्याच फिक्सिङमा संलग्न रहेको आशंकामा सीआईबीले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछपछि कागजात गराएर छाडेको छ ।

तर ती सोधपुछ गरिएका व्यक्तिबारे भने सीआईबीले खुलाएको छैन् । सीआईबीले केही दिन अघिबाटै म्याच फिक्सिङको आशंकामा छानबिन थालेको थियो। ९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगिता जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077