Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • विशेष अदालतको फैसला चित्त नबुझेपछि ६ मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

    विशेष अदालतको फैसला चित्त नबुझेपछि ६ मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 690
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मितिमा विशेष अदालतले फैसला गरेका मुद्दामाथि पुनरावेदनको मागसहित सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएको छ ।

    आयोगका अनुसार विशेष अदालतबाट फैसला भएका ६ वटा मुद्दामा  फैसला चित्त नबुझेको भन्दै पुनरावेदन गरेको हो ।



    थपलियाका अनुसार घुस, गैरकानुनी लाभ तथा हानी र सार्वजनिक सम्पत्ति हानी नोक्सानी सम्बन्धी ६ वटा मुद्दाका फैसलामाथि चित्त नबुझेर पुनरावेदन गरिएको छ ।



    गत असार ९ गते सन्तमाया श्रेष्ठविरुद्धको घुस÷रिसवत लिइ भ्रष्टाचार गरेको मुद्दा सम्बन्धी विशेष अदालतको फैसला, धनेश्वर प्रसाई,

    सुरेश प्रसाद नेपाल, सुदर्शन न्यौपाने विरुद्ध घुस/रिसवत लिने दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा गत असार ३ गते भएको फैसला पुनरावेदन गरिएको हो ।

    यस्तै, नरबहादुर बोहरा, नरेन्द्रबहादुर भाट, मिनबहादुर बोहरा, मथुरीदेवी बोहरा, तेजबहादुर बोहराविरुद्धको मुद्दामा गत भदौ २९ गते विशेष अदालतले गरेको फैसला उपर पनि अख्तियारले पुनरावेदन गरेको छ ।

    भीमप्रसाद आचार्य, रघुनाथ रेग्मी र हरिशंकर शर्माविरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसला, भीमप्रसाद आचार्य, हरिशंकर शर्मा, मनिषकुमार महतोविरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसला, राधिकादेवी शर्मा, भरतप्रसाद उपाध्याय विरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसलामाथि पनि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार