Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • नेपाल टी–२० लिग : जनकपुरमाथि लुम्बिनीको रोमान्चक जित

    नेपाल टी–२० लिग : जनकपुरमाथि लुम्बिनीको रोमान्चक जित

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 480
    SHARES

    काठमाडौं । राजधानीमा जारी रहेको नेपाल टी-ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले जनकपुर रोयल्सलाई पराजित गरेको छ ।

    लुम्बिनीले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।



    जनकपुरका लागि चाडबिक वाल्टनले अविजित ५९ रनको अर्धशतकीय ईनिङ खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।



    कप्तान ट्राभोन ग्रिफिथ,शरफुदिन असरफ र सन्दिप जोराले समान २६/२६ रन बनाए । समिउल्लाह शिनवारीले १८ रन बनाए ।

    लुम्बिनीका लागि ह्यारी टेक्टर र विपुल शर्माले समान २/२ विकेट बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन बनायो ।

    लुम्बिनीका लागि हरमित सिंह र लाहिरु मिलान्थाको बीचमा ७७ रनको ओपनिङ साझेदारी गरेका थिए ।

    कुशल भुर्तेलले १७ रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १४ रन बनाए ।

    जनकपुरका लागि सरफुदिन असरफले ३ तथा जितेन्द्र मुखिया,समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए ।

    जितसँगै आठ खेलपछि लुम्बिनीको १४ तथा जनकपुरको १० अंक छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार