Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमको दलको नेता छान्न कांग्रेस प्रदेश पदाधिकारी बैठक जारी

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता चयन गर्ने विषयमा प्रदेश कार्यालयमा छलफल भइरहेको छ ।

दलको नेता बन्नका लागि ६ जनाले दाबी गरेकाले आपसमा सहमति गर्न छलफल भइरहेको स्रोतले बतायो ।

यसअघि दलको नेता छनोट गर्न अझै एक साता लाग्न सक्ने बताइएको थियो ।

सुदूरपश्चिममा संस्थापन समूहका प्रकाश देउवा र इतरका दिवानसिंह विष्टबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077