काठमाडौं । नेपाल टी-२० लिगमा आज मंगलबार हुने पहिलो खेलमा काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सका कप्तानले टस गर्न नै नमानेपछि खेल अनिश्चित बनेको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहान साढे ८ बजे टस हुनु पर्ने थियो । मंगलबार बिहान काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सबीच खेल हुँदैछ । दुवै टोलीका खेलाडीले टस नै गर्न मानेका छैनन् ।
दुवै टोलीले प्लेइङ–११ मा नाम दर्ता समेत गराएका छैनन् । खेलाडीले खेल अघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक रकम पाउनु पर्ने सहमति रहेको थियो ।
तर खेलाडीले टस गर्न नै मानेनन् । खेलाडी तथा अफिसियलहरूले पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् ।
नेपाल टी-२० लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन अहलुवालिया पैसा नदिइ भागेको हल्ला फैलिएको छ ।
तर जतिनले आफू बैंक ट्रान्सफरको काम मिलाउनका लागि भारत आएको बताएका छन् ।
Leave a Reply