Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी–२० अन्यौलमा, आयोजकहरू नै ‘बेपत्ता’

    नेपाल टी–२० अन्यौलमा, आयोजकहरू नै ‘बेपत्ता’

    काठमाडौं र विराटनरको टस नै हुन सकेन

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 621
    SHARES

    काठमाडौं । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता आजदेखि नहुने सम्भावना बढेको छ । ६० प्रतिशत खेलहरू सम्पन्न भइसके पनि खेलाडी तथा अफिसियलले कुनै पारिश्रमिक नपाउँदा मंगलबारबाट हुने खेल अन्यौलमा पुगेको हो ।

    आयोजकहरू नै सम्पर्कबाहिर रहेको बताइएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं र विराटनगरबीच मंगलबार हुन लागेको खेल सुरु हुन सकेको छैन्। खेलाडीहरुले ‘टस’ को पेपर नै लिन नमानेपछि खेल सुरु हुन नसकेको हो ।



    विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबारदेखि खेल नखेल्ने धम्की दिएका थिए । तर, सोमबार साँझबाट आयोजकहरू नै ‘बेपत्ता’ भएपछि प्रतियोगिताका थप खेल नहुने अवस्थामा पुगेको हो ।



    नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार