Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुर्मी मृत्यु प्रकरण : थप अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री रविको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आज गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफलमा मन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

गृहमन्त्री लामिछानेले सिआइबीलाई चाँडोभन्दा चाँडो प्रतिवेदन आउने गरी स्वतन्त्रपूर्वक उक्त घटनाको छानबिन गर्न पनि निर्देशन दिएका छन् ।

प्रहरी अनुसन्धानको अहिलेसम्मको रिपोर्टबारे जानकारी लिएसँगै गृहमन्त्री लामिछानेले निर्मला कुर्मीको न्यायका लागि अनशनरत महिला अधिकारकर्मी रुवी खानलाई टेलिफोन गरी अनशन स्थगन गरी अनुसन्धानलाई सहज बनाइदिन आग्रह गरे ।

हाल निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणका दोषीलाई कारबाही गरी पीडितलाई उचित न्याय दिन भन्दै अधिकारकर्मीहरूले काठमाडौँको माइतीघरमा धर्ना तथा रिले अनशन थालेका छन् ।

निर्मला कुर्मीको हत्याको ४ वर्षसम्म पनि सरकारले दोषीमाथि कारबाही गर्न नसक्दा उनीहरू आन्दोलित बन्दै आएका छन्। यसअघिको सरकारले छानबिन समिति बनाए पनि उक्त प्रतिवेदन कार्यान्वयन गर्ने चासो देखाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077