Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी-२० लिग : फार वेस्ट ७९ रनमा अलआउट, प्लेअफ नजिक जनकपुर

    नेपाल टी-२० लिग : फार वेस्ट ७९ रनमा अलआउट, प्लेअफ नजिक जनकपुर

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 522
    SHARES

    काठमाडौं । फार वेस्टर्न युनाइटेड ७९ रनमा अल आउट भएसँगै नेपाल टी-२० लिगमा सोमबार ८२ रनले पराजित भएको छ।

    सन्दीप जोराको अर्धशतकप्रेरित जनकपुरले फार वेस्टलाई एक सय ६२ रनको लक्ष्य दिएको थियो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले सात विकेट गुमाएर एक सय ६१ रनको योगफल तयार गर्‍यो।



    जवाफी ब्याटिङमा उत्रिएको फार वेस्ट १५.१ मा सबै विकेट गुमाएर ७९ रनमा सीमित बन्यो। फार वेस्टका लागि कप्तान हस्मतुल्लाह शाहिदीले ३२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।



    जकपुरका लागि बलिङतर्फ समिउल्लाह शिनवारीले सर्वाधिक तीन विकेट लिए। यस्तै, पवन सर्राफ र सोमपाल कामीले दुई९दुई तथा अन्य तीन बलरले जनही एक विकेट लिए।

    पहिलो इनिङमा जनकपुरका लागि ३२ बल सामना गरेका सन्दीपले एक चौका र पाँच छक्कासहित ५३ रनको उत्कृष्ट इनिङ खेले। कप्तान ट्रेभोन ग्रिफिथ ३२, शारफुद्दिन असरफ २० तथा चाडविक वाल्टनले २४ रनको योगदान गरेका थिए।

    बलिङतर्फ फार वेस्टका लागि प्रकाश जैसीले चार ओभरमा २५ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, भुवन कार्कीले दुई तथा नुर अहमदले एक विकेट लिएका थिए। सोमबार नै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई पाँच विकेटले पराजित गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार