काठमाडौं । जनकपुर रोयल्सले नेपाल टी – २० लिगमा सोमबार फार वेस्टर्न युनाइेटलाई एक सय ६२ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले सात विकेट गुमाएर एक सय ६१ रनको योगफल तयार गर्यो।
जनकपुरका लागि ३२ बल सामना गरेका सन्दीपले एक चौका र पाँच छक्कासहित ५३ रनको उत्कृष्ट इनिङ खेले।
कप्तान ट्रेभोन ग्रिफिथ ३२, शारफुद्दिन असरफ २० तथा चाडविक वाल्टनले २४ रनको योगदान गरे। बलिङतर्फ फार वेस्टका लागि प्रकाश जैसीले चार ओभरमा २५ रन खर्चेर सर्वाधिक तीन विकेट लिए।
यस्तै, भुवन कार्कीले दुई तथा नुर अहमदले एक विकेट लिए। सोमबार नै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई पाँच विकेटले पराजित गरेको थियो।
Leave a Reply