Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • फार वेस्टलाई जनकपुरले दियो १६२ रनको लक्ष्य

    फार वेस्टलाई जनकपुरले दियो १६२ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 594
    SHARES

    काठमाडौं । राजधानीमा जारी रहेको नेपाल टी–२० लिगमा फार वेस्ट युनाईटेडलाई जनकपुर रोयल्सले १ सय ६२ रनको लक्ष्य पाएको छ ।

    टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो।



    जनकपुरका लागि सन्दिप जोराले ३२ बलमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । उनले १ चौका र ५ छक्का प्रहार गरे ।



    कप्तान ट्राभोन ग्रिफिथले ३२ रन बनाउँदा चाल्डिक वाल्टन २४ रनमा आउट भए ।

    फार वेस्टका लागि प्रकाश जैसीले ३ तथा भुवन कार्कीले २ विकेट लिए ।

    सोमबार नै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई पाँच विकेटले पराजित गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार