Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चिसो बढेपछि बदकोट नगरपालिकाका विद्यालय बन्द

कञ्चनपुर । चिसो अत्यधिक बढेपछि कञ्चनपुरमा विद्यालय बन्द गरिएका छन् । यहाँको बदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरेको हो ।

शिक्षा शाखा अधिकृत मञ्जु थापाले सुचना जारी गर्दै अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरूको बैठकबाट बिदा माग भएको र सोही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको बताएका छन् ।

उनका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् । चिसोका कारण विद्यार्थीहरूलाई विद्यालय आउन जान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदाको माग गरेको थियो ।

यस्तै आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077