Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मन्त्रिपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्नसक्छ : ओली

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको काम अझै १०–१५ दिन लाग्नसक्ने बताएका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले हाल खेलकुदमन्त्री नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताए । उनले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रहसमेत गरे ।

उनले खेलाडीहरूले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उक्त माग सरकारसमक्ष पुर्‍याउन आफू लागिपर्ने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077