Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टीटी हलमा एमाले अध्यक्ष ओलीले खेले टेबल टेनिस

काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतबार १४औं स्थापना दिवस मनाएको छ ।

लैनचौरस्थित टीटी हलमा आयोजित विशेष समारोहबीच नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केक काटेर स्थापना दिवसको उद्घाटन गरेका हुन् ।

उनले नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्यसँग केहीबेर टेबल टेनिस पनि खेलेका छन् ।

कार्यक्रममा मदन भण्डारीको तस्बिरमा माल्यार्पण गरिएको थियो । सो अवसरमा जुम्बा नाच, मार्शल आर्टसम्बन्धी कलाकौशल प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077