Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीले उजुरी लिन नमानेको गुनासो आएपछि गृहमन्त्रीलाई सिके राउतको फोन

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले सप्तरीमाा प्रहरीले उजुरी लिन नमानेपछि गृहमन्त्री रवि लामिछानेलाई टेलिफोन गरेर जानकारी गराएका छन् ।

शनिबार साँझ सामाजिक सञ्जालमाफर्त आफूले पाएको गुनासोबारे गृहमन्त्रीलाई जानकारी गराइएको गराएको बताएका हुन् ।

राउतले आफ्नो क्षेत्रका गुनासोको सम्बोधन गर्न कार्यालयमा गुनासो पेटिका राखेका छन् । त्यसको सम्बोधन गर्नेक्रममा उनले सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो देखिएको बताएका हुन् ।

त्यसैबीच एक महिलाको कपाल खौरिदिएको घटनामा पीडित महिला प्रहरीसमक्ष पुग्दा समेत उजुरी नलिएको गुनासो समेत आएको उनले उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,'हिजो आफ्नो क्षेत्रका गुनासो सुन्ने क्रममा सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो, र पीडित महिला (कपाल खौरिदिएको पिडित महिला समेत) प्रहरीकहाँ हिम्मत गरेर जाँदा पनि प्रहरीले उजुरी लिन नमानेको विषय उठेकोले गृहमन्त्रीज्यूलाई सो बारेमा फोनमा अवगत गराएको छु ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077