Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तत्काल पार्टी एकीकरणको हल्ला निराधार र कपोलकल्पित हो : जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको स्पष्ट पारेका छन् । शनिबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो यस्तो बताएका हुन् ।

उनले यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदैछ भन्ने निराधार हल्लाको पछि नलाग्न आग्रह गरे ।

“पार्टी विलय अथवा एकीकरण अथवा कुनै पनि नामको कुनै पनि गतिविधि अगाडि बढाउने गरी हामीले कुनै काम गरेका छैनौँ । त्यसमा हाम्रो रुचि पनि छैन,” उनले भने, “हाम्रो बढीभन्दा बढी रुचि वाम एकताका लागि, एजेन्डाहरूमा एकता गर्दै अगाडि हिँड्ने कुरामा अलि बढी रुचि छ ।”

यस्तै उनले बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्नेलगायत विषयमा निर्णय भएको उनले जानकारी दिए । बैठकमा पूर्वसत्ता गठबन्धन टुट्नुमा एकीकृत समाजवादीको कुनै पनि भूमिका रहे नरहेकोमा पनि छलफल भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077