Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले उपमहासचिव ज्ञवालीले भने - पार्टी विभाजन गर्नेलाई बिर्सेका छैनौँ, तनावमुक्त भए हुन्छ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी विभाजन गर्नेलाई नबिर्सेको बताएका छन् । एमाले निकट रिटर्नी फेडरेशनको पहिलो स्थापना दिवसलाई शनिवार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले पार्टी विभाजनको औचित्य कुनै पनि ढंगले पुष्टि नहुने भन्दै गल्ती स्वीकार नगरेसम्म माधव नेपाल नेतृत्वको समूहलाई स्वीकार गर्न नसकिने प्रष्ट पारे।

उनले नेकपा एसतर्फ संकेत गर्दै गम्भीर ‘रियलाइजेशन’ बेगर अरू कुनै पनि कुरा सम्भव नरहेको बताए । माधव नेपाललाई राष्ट्रपति बनाउन लागिएको र नेकपा एसलाई मिलाउन लागिएको हल्लातर्फ संकेत गर्दै ज्ञवालीले त्यो कुनै सम्भव नरहेको बताए ।

ज्ञवालीले भने,'हामीले बिर्सेका छैनौँ र बिर्सने कुरा पनि होइन । एमालेको विभाजन र एमालेलाई सरकारबाट विस्थापन गर्नका लागि गरिएको यावत क्रियाकलाप जस्टिफाइ हुन सक्दैन ।

हामी पूर्वाग्रह राख्दैनौँ तर गम्भीर रियालइजेशन बेगर अरू धेरै कुरा सम्भव छैन । सरकारलाई विश्वासको मत देऊ भन्ने कुरा,सरकारको दायरा फराकिलो बनाउन एकाध पोर्टफोलियो दिने कुरा स्वाभाविक होला ।

तर जुन कष्ट र आँधी हुरीका साथ एमालेको डुंगालाई यहाँसम्म ल्याइएको छ, सतिसाल जस्ता कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय हुँदैन, तपाईँहरू तनावमुक्त भएर पार्टी निर्माणमा लाग्नुस् ।'

ज्ञवालीले माओवादी र एमालेको विभाजनलाई बरु स्वाभाविक मान्न सकिने र यसमा अदालतको र आफ्नै ३ वर्षको अनुभवले पनि त्यस्तै भनेको बताए । उपमहासचिव ज्ञवालीले एमालेलाई बिगार्ने नियतले अब कसैलाई पनि स्थान नदिइने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077