Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढ्यो : बालकृष्ण खाँण

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको बताएका छन् ।

बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले आज मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले यस्तो बताएका हुन् ।

कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तर्राष्ट्रिय प्रभावले आफूहरूलाई प्रतिकुलतामा पुराएको उनले बताए ।खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दावी गर्दै बाह्य हस्तक्षेप र प्रभावकै कारण नेपाली कांग्रेसलाई प्रतिकुलतामा पुर्‍याएको बताए।

उनले संसदको ठूलो दल भएपनि प्रतिकुलताकै कारण सत्ता बाहिर रहनुपरे पनि अबको ध्यान पार्टीलाई सुदृढ र सक्षम राजनीतिक शक्तिको रूपमा स्थापित गर्नु रहेको बताए।

उनले राजनीतिक रूपमा आउने उतारचढावबाट आत्तिने र मात्तिने नभइ कमी कमजोरीहरूलाई सच्चाएर अगाडि बढ्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077