Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटाको कटाक्ष - नयाँ सरकारको पछ्यौरी मोबाइल सेटमा अल्झेजस्तो छ

काठमाडौं । एमाले तथा तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले किसानहरु मल नपाएर सास्ती बेहोरेको अवस्थामा सरकार मोबाइल सेटमा अल्झिएको भन्दै कटाक्ष गरेका छन् ।

मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निर्देशनलाई संकेत गर्दै बास्कोटाले सरकारको काम कारबाहीप्रति प्रश्न उठाएका हुन् ।

उनले सञ्जालमार्फत कटाक्ष गरेका छन् ‘किसानले मलमा सास्ती ब्यहोरेको दुई वर्ष भैसक्यो। तर नयाँ सरकारको पछ्यौरी मोबाईल सेटमा अल्झे जस्तो छ ।’

एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने भन्दै बाँस्कोटाले कति ल्याउने नल्याउने कोटा तोक्ने व्यवस्था नगरेको बताएका छन् । उनले भनेका छन्, ‘एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने हो कति ल्याउने नल्याउने कोटा तोक्ने ब्यबस्था गरेको छैन। त्यो सरकारको कुरा हो। मल चाहियो मल किसानलाई,त्यो सरल ढंगले पाउने प्रबन्ध गर पहिला ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077