Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्मला पन्त प्रकरण : अनुसन्धानका लागि डीआईजी सिंहको नेतृत्वमा नयाँ समिति गठन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने निर्देशनपछि निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि नयाँ समिति गठन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

गृहमन्त्री भएपछि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम् पहल गर्ने पहिलो निर्णय गरेका थिए । गृहमन्त्रीको सो निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको हो ।

समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार उनीहरुलाई निर्मला प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न कार्यादेश दिइएको छ ।

२०७५ साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मलाको शव अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो । घटना भएकोको लामो समय बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077