Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्मला पन्तको हत्याबारे गृहमन्त्री लामिछानेलाई आईजीपीले गरे ‘ब्रिफिङ’

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना अनुसन्धानबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी लिएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक, नायब महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरुले निर्मला पन्तको बलात्कार र हत्याबारे अहिलेसम्म भएका अध्ययन अनुसन्धानबारे बिफ्रिङ गरेका हुन् ।

गृहमन्त्री भएपछि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम् पहल गर्ने पहिलो निर्णय गरेका थिए ।

२०७५ साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मलाको शव अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो । घटना भएकोको लामो समय बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077