Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री लामिछाने भन्छन् - कानुन बमोजिमको काम गर्न मलाई भेट्नु पर्दैन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई भेट्नु नपर्ने बताएका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

‘हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन। हाम्रा कर्मचारी साथीहरू तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्द छन्। हामी, हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौं,’, उनले लेखेका छन्, ‘हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ। तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला। जीवनमा आलोचक साथीहरू छन् र त सुखद यात्राहरू सम्भव भए। अबको यात्रामा पनि यसैगरी सघाउनु होला।’

मन्त्री लामिछानेले भेटघाट, फूलमाला, खादा र गम्छाको सिलसिलालाई रोकेर अब निरन्तर काममा लाग्नुपर्ने बेला आएकोसमेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077