Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वार्ताका लागि बाध्य पार्न युक्रेनमाथि व्यापक हवाई हमला, जनजीवन अति कष्टकर

एजेन्सी । रुसले राजधानी किएभसँगै युक्रेनका विभिन्न भागमा हवाई हमला गरेको छ । युक्रेनी ऊर्जा केन्द्र र अन्य भौतिक पूर्वाधारलाई लक्ष्य गर्दै मस्कोले क्षेप्यास्त्र प्रहार गरेको हो ।

कठ्याङ्ग्रिएको किएभ र आसपासका क्षेत्रमा लगातार हवाई हमला हुँदा ‘साइरन’को आवाजले सर्वसाधारणलाई अधिक चिन्तित तुल्यायो । युक्रेनी ऊर्जा केन्द्रमा प्रहार भएका ६९ क्षेप्यास्त्रमध्ये ५४ वटालाई निष्फल पारिएको युक्रेनका सैन्य प्रमुख भ्यालेरी जालुज्नीले बताएका छन् ।

रुसी आक्रमणबाट मानवीय क्षति भएको छैन । आकाशबाट विष्फोटक पदार्थ बोकेका ‘ड्रोन’ र लडाकू विमान अनि समुद्रबाट ‘क्रुज मिसाइल’ ले ऊर्जा केन्द्र पानी आपूर्ति गर्ने संचनामा प्रहार गरेर युक्रनका जनताको जीवनलाई अति कष्टकर बनाएको छ ।

आक्रमणको यो शृङ्खला विगत एक महिनादेखि जारी छ । रुसी सैनिक स्थलयुद्धमा अगाडि बढ्न सङ्घर्ष गरिरहेका बेला मस्कोले हवाई हमलालाई व्यापक बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077