Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सत्ता गठबन्धन बैठक : पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने

काठमाडौं । सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गरेको छ ।

बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सत्ता साझेदार दलको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय गरेको छ।

पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी रहेको उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेले बताए । मन्त्रिपरिषद् विस्तारका लागि व्यापक छलफल भएपनि अहिल्यै टुंगो नलागेको उनको भनाइ छ ।

गठबन्धन दलहरूबीच प्रदेशसम्म प्याकेजमै सहमति हुने पनि उनले सुनाए । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन छ।

आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र लामिछाने सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077