Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल मनोनित

काठमाडौं । नेकपा एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गरेका हुन्।

राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए ।

नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो ।

मनोनित दाहाल यसअघि दलका प्रमुख सचेतक थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077