Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस वागमती प्रदेशसभा संसदीय दलको नेतामा लामा विजयी

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् ।

नुवाकोटबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले मकवानपुरका इन्द्र बानियालाई पराजित गरेका हुन ।

बुधबार भएको निर्वाचनमा कांग्रेस प्रदेश सभापति समेत रहेका बानियाले १६ मत पाउँदा लामाले २१ मत पाए ।

बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन् ।

३७ सांसद रहेको कांग्रेसको दलको नेता छान्न बुधबार हेटौंडामा निर्वाचन भएको थियो  । लामा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077