Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई भेट्न खुमलटार जाँदै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न खुमलटारतर्फ लागेका छन्।

पाँच दलीय सत्ता गठबन्धन टुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार जान लागेका हुन्।

ओली र प्रचण्ड एकठाउँमा उभिएपछि फेरि वाम एकताको चर्चा चलिरहेको छ।

प्रधानमन्त्री प्रचण्डले बिहान मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए।

ओली र प्रचण्डको खुमलटार बैठकमा माधव नेपाल पनि जानसक्ने बताइएको छ। प्रचण्डले नेकपा एसलाई पनि सरकारमा ल्याउन पहल गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077