Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रेलले किचेर धनुषामा एक यात्रीको मृत्यु

धनुषा । रेलले किचेर धनुषामा एक जनाको ज्यान गएको छ ।

जयनगरबाट जनकपुरधामका लागि छुटेको रेलले किचेर ज्यान गुमाउनेको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाको विदेह नगरपालिका वैदेही स्टेसनमा रेल चढ्न लागेका बेला खुट्टा अड्किएका व्यक्तिको रेलले किचेर ज्यान गएको प्रहरीको भनाइ छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार गुडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर ती व्यक्ति रेल्वे लिकमा खसेका थिए । लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको झाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077