Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेपाल प्रहरीले भन्यो – चिसोबाट जोगिन झ्यालढोका बन्द गरेर हिटर र कोइला नबाल्नू

    नेपाल प्रहरीले भन्यो – चिसोबाट जोगिन झ्यालढोका बन्द गरेर हिटर र कोइला नबाल्नू

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले जाडोको समयमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न आग्रह गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।



    हालैका दिनमा चिसो बढिरहेको हुँदा चिसोबाट जोगिन हिटर, कोइला बालेर कोठा तातो बनाउनेलगायतको कार्यबाट कोठाभित्रको सम्पूर्ण अक्सिजन नष्ट हुने भएकाले झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आग्रह गरे ।



    उनले चिसोबाट जोगिन झ्यालढोका बन्द गरेर हिटर तथा कोइला बाल्दा अक्सिजन नष्ट हुने साथै कार्बन मनोअक्साइडसमेत बनी कोठाभित्र रहेका मानिसमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, निस्सासिइ बहोस हुने र थाहै नपाइ दुःखद् निधन हुने घटना बढेको बताए । त्यसकारण सो कार्य नगर्न अनुरोध गरिएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार