Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सुरक्षाकर्मी फिर्ता अजेन्डा : काम कि प्रचार ?

    सुरक्षाकर्मी फिर्ता अजेन्डा : काम कि प्रचार ?

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 807
    SHARES

    काठमाडौं । नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्याक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घाटाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय संहालेको दोस्रो दिन गृहसचिव र कर्मचारीलाई बोलाएर कार्यविधिविपरीत विभिन्न व्याक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएका हुन् । मन्त्रीको निर्देशन बमोजिम गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले सूचना जारी गरेका छन् ।



    विशिष्ट व्याक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार बहालबाला तथा पूर्व पदाधिकारीमध्ये निश्चितलाई मात्रै सेन, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी तथा इन्धनको सुविधा तोकिएको छ ।



    मन्त्रालयले सत्ता र शक्ति वा पहुँचका आधारमा कार्यविधि मिचेर यस्तो सुविधा दुरुपयोग गर्नेको सुरक्षाकर्मी फिर्ता गर्ने भनेको हो । तर कार्यविधि अनुसार नै पूर्व पदाधिकारीको सुरक्षामा प्रहरी खटाइएकोले उनीहरुलाई फिर्ता ल्याउन नमिल्ने प्रहरी प्रधान कार्यालयले बताएको छ । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार