Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री रविले राखे सुरक्षा समितिको बैठक, प्रमुखहरूले गरे ब्रिफिङ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायका प्रमुखहरूबाट सुरक्षासम्बन्धी ब्रिफिङ लिएका छन् ।

मन्त्रीमा नियुक्त भएको दोस्रो दिनमै उनले केन्द्रीय सुरक्षा समितिको बैठक राखेर ब्रिफिङ लिएका हुन् ।

गृहमन्त्री रविले नेपाली सेनाका रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितको सुरक्षा समितिको बैठक गृहमन्त्रालयमा बोलाएका थिए ।

बैठकमा गृहसचिव विनोदप्रकाश सिंह तथा सहसचिव फणिन्द्रमणि पोखरेल पनि सहभागी थिए । बैकठमा सहभागी सुरक्षा निकायका प्रमुखहरूले सामसामयिक तथा सुरक्षा अवस्थाका बारेमा गृहमन्त्री रविलाई जानकारी गराएका थिए ।

गृहमन्त्री लामिछानेले सुरक्षा निकायका प्रमुखहरूलाई सुरक्षा व्यवस्था चुस्त राख्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077