Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवाले भाडाको घर खोजे धुम्बाराहीमा, बिहीबार सरकारी निवास छाड्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार मात्र सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । निवर्तमान प्रधानमन्त्री देउवाले घर भाडामा लिएर धुम्बाराहीमा सर्न लागेका हुन् ।

देउवाको सचिवालय स्रोतका अनुसार सुरूमा बूढानिलकण्ठको घर वरपर नै भाडामा घर लिन खोजिएको थियो तर नपाइएपछि धुम्बाराहीमा बस्ने निधो भएको छ । आज र भोलि घरमा डेकोरेशनको काम हुने बताइएको छ ।

देउवाको बूढानिलकण्ठस्थित घर मर्मत तथा कोठा थपको काम भइरहेको छ । उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने भएपछि देउवाले धुम्वाराहीमा भाडाको घर खोजेका हुन् ।

कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। देउवाले सरकारी निवास बुधबार मात्रै छाड्ने भएकोले त्यसपछि मात्रै प्रचण्ड त्यहाँ सर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077