Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भाडाको घर खोज्दै देउवा, आज पनि बालुवाटारमै बस्ने

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवास छाड्न केही दिन लाग्ने भएको छ ।

देउवानिकट स्रोतका अनुसार बूढानीलकण्ठस्थित देउवा निवास मर्मत कार्य चलिरहेकाले उनी तत्काल त्यहाँ बस्न सक्ने अवस्था छैन ।

मर्मत कार्य सम्पन्न हुनका लागि ४ महिनाजति लाग्ने देखिएको भन्दै  सो अवधिमा देउवा भाडाको घरमा बस्ने स्रोतले बतायो ।

देउवानिकट स्रोतका अनुसार भाडाको घर खोज्ने कार्य जारी रहेको र भेटिएलगत्तै सरकारी निवास छाड्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077