Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तलाई न्याय दिन अधिकतम पहल गर्छु

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कन्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन अधिकतम पहल गर्ने बताएका छन् ।

सोमबार उपप्रधान तथा गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि लामिछानेले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरे।

पद्‌भार ग्रहणका क्रममा प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले गृह मन्त्रालयका अधिकारीहरुलाई ‘निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने’ निर्णय ल्याउन भनेका हुन्।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म उनको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077