Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा आज बालुवाटारमै बस्ने, निवास मर्मतमा रहेकाले घर खोज्दै देउवा

काठमाडौं । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने भएका छन् ।

उनी निकट स्रोतले दिएको जानकारीअनुसार आज बालुवाटरमै बस्ने तयारी छ ।

बुढानिलकण्ठस्थित उनको निवासमा कोठा थप्ने काम चलिरहेकाले बस्न नमिल्ने भएपछि आज बालुवाटारमै बस्ने बालुवाटार स्रोतले जनाएको छ ।

सात दिन खाली गरिदिने समय भए पनि त्यसअघि नै बालुवाटार छाड्ने तयारीमा देउवा रहेका छन् ।

आफ्नो घरमा कन्स्ट्रक्सनको कार्य भइरहेकाले उनले अन्यत्र सर्नका लागि घर खोज्दै गरेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077