Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीले नागरिकताका विषयमा अनुसन्धान गरिरहेकै बेला रवि बने गृहमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान मन्त्रीसहित गृहमन्त्रीमा नियुक्त भएका छन्। चितवन २ बाट चुनाव जितेका लामिछानेलाई सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रीमा नियुक्त गरेका हुन्।

लामिछानेमाथि अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेकै बेला राष्ट्रपतिले शपथसमेत खुवाइसकेकी छन्।

लामिछानेको नागरिकता र राहदानी विवादित छ। केही समय अघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएर लामिछानेको नागरिकता र राहदानीबारे छानबिन गरेको थियो।

लामिछाने उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो। उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो। लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए।

यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो। आयोगमा उनले स्पष्टीकरण दिँदासम्म चुनाव भइसकेको थियो। त्यसपछि अयोग्यताको विषयमा आफूले निर्णय गर्न नमिल्ने भन्दै आयोगले कुनै निर्णय गरेन।

लामिछानेले भने अदालतमा विचाराधिन विषय रहेको भन्दै नागरिकता र पासपोर्ट प्रकरणमा जवाफ दिनबाट पन्छदैँ आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077