Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थ मन्त्रालयसहित सरकारमा एमालेको नेतृत्व विष्णु पौडेलले गर्ने

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।

उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाने भएका हुन्। पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्नेछन् ।

एमालेबाट राजेन्द्र राई, दामोदर भण्डारी र ज्वालाकुमारी शाह पनि मन्त्री बन्नेछन् । उनीहरूको मन्त्रालय टुंगो लागेको छैन ।

२०७२ सालमा ओली पहिलोपटक प्रधानमन्त्री रहेको समयमा पौडेलले ल्याएको बजेटको प्रशंसा भएको थियो ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदैछन्। आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी पनि छ।

जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077