Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गृहमन्त्रीमा रवि लामिछानेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा दाबी गरेका छन् ।

नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकमा लामिछानेले गृहमन्त्रीमा दाबी गरेको हुन् । गठबन्धनको बैठकबाट बाहिरिँदै आफूले गृहमन्त्रीमा दाबी गरेको सभापति लामिछानेले प्रतिक्रिया दिए ।

उनले मन्त्रालय तोक्ने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको पनि जानकारी दिए ।

उनले भने, 'हामीले हाम्रा कुरा राखेका छौँ । हाम्रा एजेन्डामा साझा समझदारी बनाउने हो । प्रधानमन्त्रीले निर्णय गर्नुहोला ।'

प्रतिनिधि सभामा रास्वपाबाट २० जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077