Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने एमालेको तयारी

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई सरकारमा पठाउने निर्णय गरेको छ ।

सोमबार बालकोटमा बसेको पदाधिकारी बैठकले पौडेललाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो ।

नेकपा एमालेले पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेताहरूबीच छलफल भएको छ।

प्रधानमन्त्री प्रचण्डको सपथसँगै सानो आकारको मन्त्री मण्डल आजै गठन गर्ने सहमति अनुसार पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरुबारे छलफल गर्न अध्यक्ष ओलीले नेताहलाई बालकोट बोलाएर छलफल गरेको बालकोट स्रोतले जनाएको छ।

स्रोतका अनुसार उनले उपप्रधानसहित अर्थ मन्त्रालय लिने छन् । पौडेलले यसअघि पनि अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077