Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्यले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार प्रदेश प्रमुख तिलक परियारले शाहलाई शपथ खुवाएका हुन्।

६६ वर्षीय शाह कर्णाली प्रदेशका ४० जना सदस्यमध्ये ज्येष्ठ सदस्य हुन्। उनी नेकपा एमालेको तर्फबाट दैलेख २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

सोमबार बिहान शपथ लिएका शाहले कर्णाली प्रदेश सभाका अरू ३९ जना सांसदलाई दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ खुवाउने छन्।

४० सदस्यीय प्रदेशसभामा २४ जना प्रत्यक्ष र १६ जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सांसद निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077