Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसका सभापति शेरबहादुर देउवाले दिए प्रचण्डलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बधाई दिएका छन्। शेरबहादुर देउवाले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि टेलिफोनमार्फत बधाई दिएका हुन्।

नेता देउवाले सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिएका हुन् । माओवादी पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महराले कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरूले फोन गरेको बताए ।

माओवादी केन्द्रका प्रवक्ता कृष्ण महराले भने, ‘म नेताहरूको नाम लिन्न । कांग्रेसका केही नेताहरूले फोन गरेर दाहाललाई बधाई दिनुभयो । र हाम्रो प्रधानमन्त्री तपाई नै हो भन्नुभयो । चार बजेपछि शपथ छ । अहिले नारायणकाजी श्रेष्ठ सरकारमा जानुहुन्छ।’

बालुवाटारमा देउवासमक्ष आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्डले गरेको प्रस्ताव अस्वीकार गरेपछि उनी बालकोट पुगेका थिए। लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। उनको सोमबार ४ बजे शपथग्रहण तय गरिएको छ। आज अपराह्न चार बजे केही मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077