Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेका तर्फबाट मन्त्री छान्न बालकोटमा छलफल

काठमाडौं । नेकपा एमालेले पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डको सपथसँगै सानो आकारको मन्त्री मण्डल आजै गठन गर्ने सहमति अनुसार पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरुबारे छलफल गर्न अध्यक्ष ओलीले नेताहरुलाई बालकोट बोलाएर छलफल गरेका हुन् ।

छलफलका लागि महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरु बालकोट पुगेका छन् । यसअघि हिजोराति अध्यक्ष ओलीले उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेलसँग करिव ५ घण्टा छलफल गरेका थिए ।

त्यसक्रममा एमालेबाट सरकारमा जाने करिव ६ जनाको नाम तयार भए पनि त्यसमा अध्यक्ष ओलीले अन्तिम निर्णय गर्ने भन्दै नेताहरु बालकोटबाट राति १ बजे हिँडेका थिए । वालकोट स्रोतका अनुसार उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जानेछ ।

पौडेललाई अर्थमन्त्रालयसहित उपप्रधानमन्त्री बनाउने बुझिएको छ । यसैवीच सात दलीय सत्ता गठबन्धनमा पावर शेयरिङबारे छलफल गर्न ११ बजे बैठक बस्दैछ ।

संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा दलहरुबीच शक्ति बाँडफाँडबारे छलफल गरेर कम्तीमा सात जनाको मन्त्रीमण्डल आजै गठन गर्ने आइतबार राष्ट्रपति भवनमै नेताहरुबीच कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077