Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपप्रधानमन्त्रीसहित गृह वा भौतिक मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह वा भौतिक मन्त्रालय दाबी गरेको छ । २० सांसदसहित सरकारमा सहभागी भएको रवि लामिछानेको रास्वपाले उपप्रधानमन्त्रीसहित गृह वा भौतिक मन्त्रालय पाउनु पर्ने अडान राखेको हो ।

स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले यसबाहेक थप श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा पनि दाबी गरेको बताइएको छ । उपसभामुखमा पनि रास्वपाको दाबी रहेको छ । सभामुख भने नेकपा एमालेले लिने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

उनको सोमबार ४ बजे शपथग्रहण तय गरिएको छ। आज अपराह्न चार बजे केही मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077