Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निवर्तमान प्रधानमन्त्री देउवाले आज बालुवाटार छाड्ने, कहाँ बस्ने भन्ने छैन टुंगो

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गरेका छन् ।

उनी आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार छाड्न लागेका हुन् । तर बालुवाटारबाट कहाँ सर्न लागेका हुन् त्यो भने एकिन भइसकेको छैन् । किनभने देउवाको बूढानिलकण्ठस्थित देउवाको घर मर्मत भइरहेको बताइएको छ ।

उक्त घरमा तत्काल बस्न मिल्ने बातावरण छैन् । स्रोतका अनुसार घर मर्मत नसकिएसम्म सभापति देउवाले बूढानिलकण्ठकै कुनै एक होटलमा बस्ने तयारी गरेका छन् । आजै अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शपथ छ।

प्रचण्डको शपथअघि नै देउवाले बालुवाटार छाड्ने तयारी गरेको बताइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077