Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पहिलोपटक दौरा–सुरुवालमा शपथ खाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ ग्रहण समारोहका लागि दौरा सुरुवाल लगाउने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त प्रधानमन्त्रीको शपथ समारोह सोमबार अपराह्न ४ बजे आयोजना हुनेछ ।

विसं २०६५ र २०७३ मा प्रधानमन्त्री हुँदा पनि प्रचण्डले टाइ–सुटमा नै लगाएर शपथ ग्रहण गरेका थिए । यसपटक भने उनले दौरा सुरुवाल लगाएर शपथ ग्रहण गर्ने भएका छन् ।

तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक दौरा–सुरुवालमा शपथ खान लागेका हुन् । जसलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077