Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत भन्दा चीनले दियो पहिला बधाई

काठमाडौं । नेपालको ४४ औं प्रधानमन्त्री बनेकोमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सबैभन्दा अगाडि चीनले बधाई दिएको छ । नेपालस्थित चिनियाँ दूतावासले आइतबार राति ट्वीटरमार्फत बधाई दिएको हो ।

यसअघि नेपालको राजनीतिमा सबैभन्दा बढी चलखेल गर्दै आएको भारतले  शुरुमै प्रधानमन्त्रीमा नियुक्त हुनेलाई बधाई दिने गर्दथो । चीनपछि  भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

चिनियाँ दूतावासले लेखेको छ, ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ।’

प्रचण्डलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले १६९ सांसदहरुको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् । उनको भोलि अपराह्न ४ बजे सपथ ग्रहण हुनेछ ।

सत्तारुढ पाँच दलीय गठबन्धन सरकारको नेतृत्वका विषयमा सहमति हुन नसकेपछि टुटेको छ । आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहलमा प्रचण्ड प्रधानमन्त्री बनेका छन् ।

दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077